रवि लामिछाने रिहा नहुने, थुनामै पठाउने आदेश
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न नमिल्ने आदेश भएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले लामिछानेले पेश गरेको निवेदनमा आदेश दिदै उनले मागे बमोजिम नहुने फैसला गरेका छन् ।लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए ।
उनले निवेदनसँगै बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
लामिछाने बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा गत चैत २५ देखि रुपन्देही कारागारमा थुनामा रहेका छन् ।


