धनकुटामा उत्कृष्ट कार्य गर्ने सामुदायिक तथा निजी वन पुरस्कृत
धनकुटा, २६ साउन । सामुदायिक वन दिवस–२०८२, को अवसर पारेर धनकुटामा उत्कृष्ट कार्यगर्ने सामुदायिक तथा निजीवनलाई पुरस्कृत गरिएको छ ।
आर्थिक वर्ष २०८१–०८२ मा उत्कृष्ट हुन सफल जिल्लाका तीन वटा सामुदायिक र तीन वटा निजि वनलाई डिभिजन वन कार्यालयको तर्फबाट नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
सामुदायिक वनतर्फ प्रथम हुन सफल थामडाडाँ सामुदायिक वनलाई १५ हजार, द्वितीय हुने जेफाले सामुदायिक वनलाई १२ हजार, तृतीय हुने तमोर सामुदायिक वनलाई ८ हजार नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
त्यस्तै निजि वनतर्फ प्रथम छ्न्तिाङ वनले १२ हजार , द्वितीय अमृत राना मगरले १० हजार र तृतीय हुने दिनेश श्रेष्ठ लाई ८ हजार नगद पुरस्कार र सम्मानपत्र प्राप्त गरेका छन् ।


