जालपादेवी माबिको बिद्यालय ब्यवस्थापन समिति निर्वाचनबाट चयन

धनकुटा,२७ साउन । धनकुटाको पाख्रिबास नगरपालिका ४ स्थित जालपादेवी माध्यमिक बिद्यालयको नयां ब्यवस्थापन समिति चयन गरिएको छ ।

सदस्य निर्वाचनका माध्यमबाट चयन गरिएको हो । सहमतिमा सदस्य चयन गर्ने प्रयास असफल भएपछि विद्यालय प्रशासनले निर्वाचन प्रकृयामा गएर मतदानबाट चयन गरिएको हो।

साउन २६ मा सम्पन्न निर्वाचनमा कुल ४ सदस्यका लागि १३ जना उम्मेदवारले मनोनयन दर्ता गरेपनि अन्तिम समयमा १ जनाले मनोनयन फिर्ता लिएसंगै १२ प्रतिस्पर्धी चुनावी मैदानमा होमिएका थिए ।

हिजो राती अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार बिब्यास सदस्यमा राज कुमार निरौला(११२ मत),बिजय शेर्पा लामा(१०८ मत),शुष्मा गुरुंग(१२२ मत) र सुनिता बिश्वकर्मा(११० मत) सहित बिजयी भएका छन् ।

निकटतम प्रतिद्वन्दीहरु दल बहादुर तामांग(८६ मत),राजेन्द्र भण्डारी(८६ मत),कुलमाया थापा(८९ मत) र मौषमी माया लिम्बु(८९ मत) प्राप्त गरेका छन् ।

मतदानका लागि सार्बजनिक कुल मतदाता संख्या ४ सय ४४ जना रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।