त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण आजदेखि बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण बन्द गर्ने जानकारी दिएको छ ।

विमानस्थलले सूचना जारी गर्दै आजदेखि भिजिटर पास वितरण बन्द गरेको जानकारी दिएको हो ।सूचनामा भनिएको छ- ‘त्रिभुवन अन्तर्राष्ट्रिय टर्मिनल अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्नुहुने व्यक्तिगत सहायता आवश्यक पर्ने बृद्ध बृद्धा, शारीरिक रुपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुहरुका लागि सहायता कक्षको व्यवस्था गरिएको व्यहोरा विदितै छ । साथै व्हिलचेयर लगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भैरहेको छ।

चेक इन ब्यागेज संख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा नै उल्लेख हुने भएकोले सोही व्यवस्थालाई पालना गरिदिनु हुन समेत अनुरोध गरिन्छ । यसै सन्दर्भमा यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णय अनुसार मिति २०८२/४/२७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिस मार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण कार्य बन्द गरिएको व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖