धनकुटाको मुगामा प्रहरी चौकी स्थापनाका लागि समाजसेवी थापा दम्पतीद्धारा जग्गा प्रदान

धनकुटा । धनकुटा जिल्लाको पाख्रीवास नगपालिका वडा नं ८ मुगामा प्रहरी चौकी स्थापनाका लागि वरिष्ट समाजसेवी थापा दम्पतीले जग्गा प्रदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा जग्गादाता सोही वडा स्थायी घर भई हाल अमेरिकामा वस्दै आएका वरिष्ट समाजसेवी समन्त भद्र थापा र उहाकी धर्मपत्नी रस्मी थापाले मुगामा प्रहरी चौकी स्थापना गरी भवन निर्माणका लागि ४ रोपनी जग्गा प्रदान गरी जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख एस पी सरत कुमार थापा क्षेत्रीलाई एक समारोहका विच जग्गाधनी पूर्जा हस्तान्तरण गरेका हुन् ।

समाराेहमा पूर्व मन्त्री तथा राष्ट्रपती रामचन्द्र पौडेलका राजनैतिक सल्लाहकार नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिल वहादुर थापा,वरिष्टसमाजसेवी डा. अरुण थापा,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा भूमि समस्या समाधान आयोग धनकुटा जिल्लाका सदस्य विजय सन्तोषी राई,नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य समाजसेवी असित नर सिंह थापा,जिल्ला सदस्य समाजसेवी मिनवहादुर कार्की,धनकुटा काठमाण्डौ सम्पर्क समितिका वरिष्ट उपसभापती समाजसेवी कुमार थापा,जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक किशोर तामाङ लगायत प्रहरी अधिकृत तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुको उपस्थिति रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी क्षेत्रीले जग्गा प्रदान गर्नु हुने वरिष्ट समाजसेवी थापा दम्पतीलाई खादामाला लगाई सम्मान गर्नु भएको थियो । पूर्व मन्त्री सुनिल वहादुर थापालाई जग्गा प्रदान गराउन विशेष भूमिका निर्वाह गर्नु भएकोमा धन्यवाद दिनु भएको थियो । यसैगरी जग्गा दाता विरष्ट समाजसेवी थापा दम्पतीलाई जग्गा प्रदान गर्नु भएकोमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव राई सहित जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक तामाङ प्रहरी अधिकृत लगायतले समेत धन्यवाद ज्ञापन गरेका थिए। जग्गा धनी पूर्जा हस्तान्तरण कार्यक्रमको संचालन प्रहरी निरिक्षक तामाङले गर्नु भएको थियो ।

जग्गा उपलब्ध गराउन पूर्व मन्त्री राष्टपती पौडेलका राजनैतिक सल्लाहकार नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य थापाले विशेष भूमिका निर्वाह गर्नु भएको हो ।

धनकुटा जिल्लाका पाख्रिवास नगरपालिका क्षेत्रमा एउटा मात्र प्रहरी चौकी रहेको छ । भोजपुर र धनकुटाको सिमानाको क्षेत्र समेत मुगा रहेकाले शान्ति सुरक्षा अझ बलियो बनाउन मुगामा प्रहरी चौकी स्थापना गर्न अति आवाश्यक भएको र त्यस क्षेत्रका नागरिकहरुको समेत विशेष माग भएकाले चौकी स्थापना गर्ने प्रक्रिया अगाडी बढाईने जिल्ला पहरी कार्यायल धनकुटाका एस पी क्षेत्रीले बताउनु भयो ।

जग्गा धनी वरिष्ट समाजसेवी थापा दम्पतीले आजै मालपोत कार्यालय धनकुटामा आफ्नो नाममा रहेको जग्गाबाट ४ रोपनी जग्गा कित्ताकाट गरी जिल्ला प्रहरी कार्यालय धनकुटाको नाममा पास गरिदिएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।