पत्रकारमाथि दिएको अभिव्यक्ति प्रति सम्बद्ध संस्थाको ध्यानाकर्षण, कारवाहीको माग

भैरहवा, २८ साउन । रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आकांक्षी पार्थिबेन्द्र उपाध्यायले पत्रकारहरु माथि राखेको अभिव्यक्ति विरुद्ध रुपन्देहीका पत्रकार सम्बद्ध संस्थाले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाएका छन । 

उपाध्यायले रास्वपा केन्द्रीय कार्यालयमा आकाक्षीहरुको तर्फबाट बोल्दै गर्दा पत्रकारहरुलाई इंगित गर्दै कुनै मिडिया आवश्यक नभएको, समाचार पढ्दा हाँसो उठ्ने, सबै पत्रकार ५ हजारमा बिक्ने गरेको लगायतका गलत तथा भ्रामिक अभिव्यक्ति दिएको भन्दै आवश्यक कारवाहीका लागि ज्ञापन पत्र बुझाएका हुन ।
 
उपाध्यायले रास्वपा केन्द्रीय कार्यालयमा आफ्नो भनाई राख्ने क्रममा सिंगो मुलुकका पत्रकार र सञ्चार जगतलाई बदनाम गर्ने उद्देश्यले कानून विपरीत अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गर्दै पत्रकार सम्बद्ध संस्थाहरूले प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेलाई ज्ञापन पत्र बुझाएका हुन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाअध्यक्ष नरेश केसी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रमेश पोखरेल, लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझि, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, प्रेस चौतारी नेपाल रुपन्देहीकी अध्यक्ष भगवती पाण्डे, संसदिय मामिला पत्रकार समाज लुम्बिनीका सचिव दीपक घिमिरे, मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ता र मधेशी पत्रकार समाज रुपन्देहीका कोषाअध्यक्ष रविन्द्रप्रताप गुप्ताले उपाध्यायले दिएको अभिव्यक्ति माथि अनुसन्धान गरी कारबाही गर्न माग गरेका हुन ।
 

उपाध्यायले नेपालको संविधानले प्रत्याभूति गरेको स्वतन्त्र पत्रकारिता जगत प्रति कुदृष्टि राखी स्थानीय र अन्य मिडिया प्रति गम्भीर र अमर्यादित अभिव्यक्ति दिई समाजमा भ्रम पैदा गर्ने काम भएको भन्दै उपाध्याय माथि अनुसन्धान गरी कारबाही हुनुपर्ने भन्दै पत्रकारहरुले समूहिक रुपमा पत्र बुझाएका हुन । 

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले स्वतन्त्र पत्रकारिताको सम्मान गर्ने बताउँदै पार्थिबेन्द्र उपाध्यायले दिएको अभिव्यक्ति बारे वास्तविकता बुझी दिएको अभिव्यक्ति गलत भए कारबाही गर्ने जनाए । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।