धनकुटामा युवा संघको आयोजनामा रक्तदान तथा फलफूल वितरण
धनकुटा,२९ साउन । जिल्ला अस्पताल धनकुटामा राष्ट्रिय युवा संघ नेपाल धनकुटाद्वारा रक्तदान तथा फलफूल वितरण कार्यक्रमको आयोजना गरेको छ ।
बिहिबार युवा संघ नेपालले आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धनकुटाको प्रविधिक सहयोगमा एक महिने रक्तदान कार्यक्रमको आयोजना गरीएको होे । रक्तदान कार्यक्रममा करिब ४ दर्जन भन्दाबढीले चार पाउण्डभन्दा बढी रगत संकलन भएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री राईले जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफूल समेत वितरण गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न संघसस्थाका प्रतिनिधी, सुरक्षा निकाय स्थानिय बासीलगायले रक्तदान गरेको राष्ट्रिय युवा संघ नेपाल धनकुटाका अध्यक्ष देवी राईले जानकारी दिए ।






