धनकुटाको महालक्ष्मी नगरपालिकाका सुकुम्वासी र अव्यस्थित वसोवासीहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने तयारी

धनकुटा, ३१ साउन । भूमी समस्या समाधान आयोग धनकुटाले धनकुटाको महालक्ष्मी नगरपालिकाका भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई जग्गा उपलब्ध गराई जग्गा धनी पूर्जा वितरण गर्ने तयारी स्वरुप आज महालक्ष्मी नगर पालिकामा बैठक तथा दोस्रो चरणाको अभिमूखीकरण कार्यक्रम सम्पन्न भयो ।

महालक्ष्मी नगरपालिकाका मेयर ध्रवराज रायको अध्यक्षतमा भएको कार्यक्रममा मेयर रायले सवै वडाका वडाध्यक्ष तथा सचिवहरुलाई आ आफ्ना वडामा सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई जग्गा उपलब्ध गराई जग्गाधनी पूर्जा वितरणका लागी पहिलो प्राथमिक्ता दिएर काम गर्नका लागी निर्देशन दिनु भयो ।

महालक्ष्मी नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाईले समेत नियम कानुन भित्र रहेर सुकुम्वासीहरु अव्यवस्थित वसोवासीहरुलाई जग्गा धनी पूर्जा वितरण गर्नका लागी सवैले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

सो अवसरमा भूमी समस्या समाधान आयोग धनकुटा जिल्लाका विज्ञ सदस्य नविन किशोर शाक्य,सदस्य तथा महालक्ष्मी नगरपालिकाका संयोजक विजय सन्तोषी राईले भूमीहिन सुकुम्वासीहरु र अव्यवस्थित वसोवासीहरुलाई जग्गा उपलब्ध गराई जग्गा धनी पूर्जा वितरण गर्ने कार्यविधिको वारेमा सहजीकरण गर्नु भएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायत संचारकर्मीहरुको समेत सहभागीता रहेको थियो ।

महालक्ष्मी नगरपालिका वडा नंं १ का वडाध्यक्ष टेक वहादुर गुरुग, २ नम्वरका वडाध्यक्ष पदम रखाल, ३ नम्वरका वडाध्यक्ष रामचन्द्र थापा,४ नम्वरका वडाध्यक्ष शुक्रराज बुढाथोकी,५नम्वरका वडाध्यक्ष शान्त वहादुर कुवर, ७ नम्वरका वडाध्यक्ष नेत्र अधिकारी,८ नम्वरका वडाध्यक्ष राम वहादुर खड्का,९ नम्वरका वडाध्यक्ष टेक वहादुर थापाले वडास्थरमा गठित सहजीकरण समितिले अव अझ क्रियाशिल भई वडामा रहेका सुकुम्वासी तथा तथा अव्यवस्थित वसोवासीहरुलाई जग्गा धनीपूर्जा उपलब्ध गराउन विशेष प्राथमिक्ता दिई काम गर्ने वताउनु भयो ।

यसैगरी महालक्ष्मी नगरपालिका वडा नंं १ का सचिव भेषराज पौडेल, २ नम्वरका सचिव बाबुराम कटुवाल, ३ नम्वरका सचिव खड्ग कार्की,४ नम्वरका सचिव राम वहादुर खड्का,५नम्वरका सचिव डम्वर थापा , ७ नम्वरका सचिव खगेन्द्र पौडेल,८ नम्वरका सचिव सुमन सुवेखी , ,९ नम्वरका सचिव गजेन्द्र राई,भूमी शाखका प्रमुख चेतन वराल,भूमी समस्या समाधान आयोग धनकुटा जिल्लाका कर्मचारीहरु लक्ष्मण थापा,दिपिका कार्की लगायतले समेत आ आफ्नो धारणा राख्दै सुझाव दिनु भएको थियो ।

धनकुटा जिल्लाको महालक्ष्मी नगपालिकामा यस अघि निवेदन दिएका भूमिहिन दलित ३८ जना,भूमिहिन सुकुम्वासी १सय २ जना,अव्यवस्थित वसोवासीहरु ९ सय १४ जना गरी जम्मा १ हजार ५४ जनाको छानमिन गरी विभिन्न चरणहरु पुरा गरी चाडैनै उहाहरुलाई जग्गाधनी पूर्जा उपब्ध गराउने भूमी समस्या समाधान आयोग महलक्ष्मी नगरपालिकाका संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।