नेपाल महिला संघ नगर समिति धनकुटाको तीज मिलन कार्यक्रम सम्पन्न

धनकुटा,२ भदौ । धनकुटामा हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा नेपाल महिला संघ नगर समिति धनकुटाको आयोजनामा भएको कार्यक्रमा महिलाहरूले हरितालिका तीजलाई आस्था, संस्कार र सांस्कृतिक एकताको प्रतीकका लिनु पर्ने बताएका थिए ।

यस पर्वले महिलाबीच आत्मीयता, भाईचारा र सामाजिक ऐक्यबद्धता अझ मजबुत बनाउने विश्वास पनि सहभागीहरूले व्यक्त गरे।कार्यक्रममा विविध गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थियो ।

उक्त कार्यक्रम नेपाल महिला संघ नगर समितिकी सभापति कृष्णमाया श्रेष्ठको अध्यक्षता तथा नेपाल महिला संघ जिल्ला कार्य समितिकी सभापति एवं संविधानसभा सदस्य जिल्ला सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, महिला अगुवा, शिक्षक तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।सोही अवसरमा नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाल महिला सङ्घको महाधिवेशन सदस्य सुमना तिम्सिनाले परम्परालाई मास्दै आधुनिक युगलाई आत्मसात् गर्नुपर्ने र महिलालाई समाजमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले महिलाको सक्रियता, सहभागिता र नेतृत्व क्षमताले मात्र समाजलाई समृद्ध र आधुनिक दिशातर्फ अघि बढाउन सक्ने विश्वास व्यक्त गर्नुभयो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।