डुम्रिबोटे कुलो सिंचाइ आयोजना संचालन
धनकुटा, ५ भदौ । स्वीस सरकारको विकास सहयोग, संघीय सरकार, प्रदेश सरकार, धनकुटा नगरपालिका र स्थानीय उपभोक्ता संस्थाको लागत साझेदारीमा सम्पन्न उक्त आयोजना साना सिंचाइ कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिका ६ डुम्रिबोेटे कुलो सिंचाइ आयोजनाको पूर्ण रुपमा संचालनमा आएको छ ।
२६ लाख ४० हजार लागत साझेदारीमा निर्माण गरिएको आयोजनाले सो क्षेत्रको करिब १ सय रोपनीमा सिँचाइ सुविधा पुग्ने धनकुटा नगरपाकिला ६ का वडा अध्यक्ष मिलन खड्गीले जानकारी दिए । आयोजनाबाट सो क्षेत्रका किसानलाई आधुनिक सिंचाइ सुविधा उपलब्ध भई कृषिजन्य उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको अध्यक्ष खडगीले बताए ।
सो आयोजनाको बिहिबार एक कार्यक्रमका बिच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र खानेपानी ,सिंचाई तथा उर्जा मन्त्रालय कोशी प्रदेशका सचिव प्रदिप वान्तवाले संयुक्त रूपमा गरेका छन् । उद्घघाटन कार्यक्रममा बोल्दै धनकुटा नगरपाकिलाका नगरप्रमुख चिन्तन तामाङले आयोजनाको सफल निर्माणले कृषकहरूको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए ।
त्यस्तै, मन्त्रालयका सचिव प्रदिप वान्तवाले स्थानीय, प्रदेश, संघीय तथा अन्तर्राष्ट्रिय निकायबीचको सहकार्यले मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा यस्ता योजनाले निरन्तरता पाउनुपर्ने बताए ।


