धनकुटामा नमस्ते नेपालको महिला कानुनी चेतना कार्यक्रम संचालन
धनकुटा । धनकुटामा महिलाहरुले मात्र नेतृत्व गरेको गैरसरकारी संस्था नमस्ते नेपालले धनकुटामा आफ्नो ९ औ बार्षिक उत्सव तथा साधारण सभाको अवसरमा महिला कानूनी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
वीहिवार धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्घाटन गर्नु भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक किशोर तामाङले महिला हिंंसा न्यूनिकरण र कानुनी उपचारका विषयमा र धनकुटा जिल्ला अस्पतालको डाक्टर समानकंन पोखरेलले ओसिएमसिको वारेमा सहजीकरण गरेका थिए ।
सोही अवसरमा नगर प्रमुख तामाङ सहित प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल धनकुटा नगरपालिकाका उपमेयर भिमा देवी खनाल ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,धनकुटा पुरुष सञ्जालका संयोजक धन वहादुर खड्का लगायतले नेपाली महलिाहरुको विशेष पर्व तिजको शुभ कामना समेत आदान प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष अम्विका देवी धमलाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको संञ्चालन संस्थाका महासचिव मुना पोखरेलले गर्नु भएको थियो ।


