धनकुटामा ट्रक पल्टिएर दुर्घटना हुंदा दुई जना घाइते,एकको अवस्था गम्भिर
धनकुटा,६ भदौ । धनकुटामा ट्रक पल्टिएर दुर्घटना हुंदा दुई जना घाइते भएका छन् ।
आज दिउंसो करिब २:५० बजे जिल्लाको महालक्ष्मी नगरपालिका ४ दमार स्थित लेगुवा खाँदबारी खण्डमा बिराटनगरबाट संखुवासभा तर्फ अरुण तेस्रो जलबिधुत आयोजनाको निर्माण सामाग्री लिएर जादै गरेको प्रदेश-१-०२-००१ख९८११ नम्बरको लोबेट ट्रक आफै अनियन्त्रित भई सडक किनारामा पल्टिएर दुर्घट्ना भएको हो ।
दुर्घटनामा ट्रक चालक र सहचालक घाइते भएका छन् ।
ट्रक चालक जिल्लाको साँगुरीगढी गाउंपालिका ५ बस्ने ३६ बर्षिया शम्भु परियार र सहचालक महालक्ष्मी नपा-१ बस्ने २३ बर्षिया बिशाल राई रहेका छन् ।
दुर्घटनापछि ट्रकले थिचिरहेको चालकलाई प्रबरी चौकी लेगुवावाट प्रहरी सहायक निरीक्षक द्रोणा कुमार खत्रीको कमान्डमा खटि गएको टोलीले उद्धार गरी थप उपचारको लागि बिपि कोईरला स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोपा धरान पठाईएको साथै घाईतेको तत्कालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
त्यस्तै सहचालक सहचालक राईको खुट्टामा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार भई रहेको डीएसपी खनालले बताए ।
दुर्घटनाग्रस्त लोबेट ट्रक घटनास्थलमै रहेको र सडक एक तर्फी सुचारु रहेको प्रहरीले जनाएको छ ॥








