धनकुटामा योग शिविर सम्पन्न
धनकुटा,७ भदौ । धनकुटामा योग शिविर सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको कार्यालय परिसरमा वैज्ञानिक मनोक्रान्ती स्मार्ट योगका प्रशिक्षक देवनाथ सिंह र पिटि बरालद्धारा शिविरमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षकद्वयले कार्यालय प्रमूख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्री लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई योग सँग सम्बन्धीत सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिनुका साथै योग अभ्यास सहितको महत्वपुर्ण प्रशिक्षण दिएका थिए ।


