धनकुटाका ७ स्थानिय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा पाख्रिबास नगरपालिका पहिलो
धनकुटा,८ भदौ । धनकुटाका सात स्थानीय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा सबैभन्दा बढी अंक ल्याउदै पाख्रिबास नगरपालिका उत्कृष्ट वनेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आ.व. २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चातको अन्तिम नतिजामा पाख्रिबास नगरपालिका जिल्लाभित्रका सात स्थानीय तहमध्येकै उत्कृष्ट वन्न सफल भएको हो ।नपाले १० वटा सूचकमा कुल ८२ अंक प्राप्त गरेको छ ।
सहिदभूमि गाउँपालिकाले ८१.७५ अंक सहित दोस्रो स्थान प्राप्त गरेको छ । यस्तैगरी चौबिसे गाउँपालिकाले ८१.५ अंकका साथ तेस्रो , ८०.५ अंक सहित महालक्ष्मी नगरपालिका चौथो , सांगुरीगढी गाउंपालिका ७९.५ अंक सहित जिल्लामा पाँचौ , धनकुटा नगरपालिकाले ७६.२६ अंक सहित छैठौ र छथर जोरपाटी गाउंपालिकाको भने विवरण सार्बजनिक गरिएको छैन ।



