मन्त्रालयले सच्चायो स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकनको तथ्यांक : धनकुटाका ७ स्थानिय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा छथर जोरपाटी गाउंपालिका उत्कृष्ट
धनकुटा,९ भदौ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकन(Lisa) को आर्थिक बर्ष २०८०-०८१ का तथ्यांक सच्च्याएको छ ।
जस अनुसार धनकुटाका सात स्थानीय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा सबैभन्दा बडी अंक ल्याउदै छथर जोरपाटी गाउंपालिका उत्कृष्ट वनेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आ.व. २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चातको पु:न अपडेट गरिएको अन्तिम नतिजामा छथर जोरपाटी गापा जिल्लाभित्रका सात स्थानीय तहमध्येकै उत्कृष्ट वन्न सफल भएको हो ।पालिकाले १० वटा सूचकमा कुल ९१.५ अंक प्राप्त गरेको छ ।
यसअघि सार्बजनिक गरिएको विवरणमा पालिकाको कुनै पनि विवरण समाबेश गरिएको थिएन ।
पाख्रिबास नगरपालिका ८२ अंक सहित दोस्रो स्थान प्राप्त गरेको छ । यस्तैगरी सहिदभूमि गाउंपालिका ८१.७५ अंक सहित तेस्रो,चौबिसे गाउँपालिकाले ८१.५ अंकका साथ चौथो , ८०.५ अंक सहित महालक्ष्मी नगरपालिका पांचौ , सांगुरीगढी गाउंपालिका ७९.५ अंक सहित छैठौं र धनकुटा नगरपालिका ७६.२६ अंक सहित अन्तिम स्थानमा रहेको छ ।
भदौ ७ गतेको तथ्यांक

भदौ ९ गतेको तथ्यांक



