धनकुटाबाट लागु औषध खैरो हिरोइन सहित छ जना पक्राउ
धनकुटा,११ भदौ । धनकुटाबाट लागु औषध खैरो हिरोइन सहित छ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका ६ फोक्लैण्ड टापु बस्ने २७ बर्षिया एलन लिम्बु ,नपा ४ का २३ बर्षिया रोनिश थापा,नपा ७ का २२ बर्षिया रबिन मल्लिक,२० बर्षिया उदय साह ,नपा ६ का २२ बर्षिया सफल नेवा खड्गी र सुनसरीको धरान उपमहानगरपालिका १ बस्ने २५ बर्षिया धन बहादुर भुजेल रहेका छन् ।
गत भदौ १० गते धनकुटा नपा ६ फोक्लैण्ड टापुमा लागू औषधको कारोबार भई रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट गएको प्रहरी टोलीले विभिन्न स्थानहरुबाट उक्त ब्यक्तिहरुलाई खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ ९९० मिलिग्राम (नौ सय नब्बे) सहित नियन्त्रणमा लिइएको जिप्रका धनकुटाले जनाएको छ ।
पक्राउ परेकाको जिल्ला अदालत धनकुटाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।


