पत्रकार महासंघ धनकुटाद्वारा कोशी प्रदेश आमसञ्चार विधेयकको विरोधमा शान्तिपूर्ण धर्ना
धनकुटा,१२ भदौ । कोशी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरी अघि बढाएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ मा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेजीको माग गर्दै पत्रकारहरूले विरोध गरेका छन्।
नेपाल पत्रकार महासंघ धनकुटाको आयोजनामा पत्रकारहरुले आज जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन् ।
नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले विधेयकका स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ।


