अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को पाख्रिबास नगर सम्मेलन सम्पन्न,अध्यक्षमा कार्की
धनकुटा,१४ भदौ । नेकपा (माओवादी केन्द्र) को महिला संगठन अखिल महिला संघ (क्रान्तिकारी) को पाख्रिबास नगर सम्मेलन सम्पन्न गरिएको छ ।
आज सम्पन्न सम्मेलनबाट सविना कार्कीको अध्यक्षतामा ३५ सदस्यीय नगर समिति गठन गरिएको छ ।
सम्मेलनले ३५ सदस्यीय कार्यसमिति तथा ७ जना पदाधिकारी चयन गरेको छ ।
पदाधिकारीहरूमा अध्यक्ष कार्की,उपाध्यक्षहरू विन्दा राई ,सुनिता अधिकारी र मनिशा निरौला रहेका छन् भने सचिवमा नविना खाती , सह- सचिवमा दीपा बराइली तथा कोषाध्यक्षमा सुमिता राई चयन भएका छन् ।
नगर उपाध्यक्ष मिन कुमारी गहतराजको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रमुख आतिथि अनेमसंघ(क्रान्तिकारी) प्रदेश उपाध्यक्ष ज्योति लिम्बु, विशेष अतिथिमा प्रदेश पार्टी सचिवालय सदस्य बिष्णुमाया कन्दंग्वा लिम्बु,धनकुटा नगर कमिटि अध्यक्ष भावना मल्ल ठकुरी,निवर्तमान प्रेस सेन्टरका सचिव सरिता बराइली राई लगायतको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि लिम्बुले विधानको अनूसुचि ५ बमोजिम शपथ ग्रहण गराउनु भएको थियो ।


