धनकुटामा एक पुरुषको शव फेला
धनकुटा,१५ भदौ । धनकुटामा एक पुरुषको शव फेला परेको छ ।
आज बिहान धनकुटा क्याम्पसको शिक्षक आवास नजिकै भोगटेको रुखमा झुण्डिएको अवस्थामा उक्त शव फेला परेको हो ।
उक्त शव धनकुटा नगरपालिका ६ का ४२ बर्षिया राम बहादुर भुजेलको भएको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


