भूमि विधेयकको विरोधमा धनकुटामा जसपाको प्रदर्शन
धनकुटा,१५ चदौ । जनता समाजवादी पार्टी जसपा नेपालले धनकुटामा समेत भूमि विधेयकको विरोधमा उत्रिएको छ ।
जसपा नेपाल जिल्ला समिति, धनकुटाले आइतबार भूमि विधेयकको विरोध गर्दै धनकुटामा प्रदर्शन गरेको हो । वसपार्कको पाटी कार्यलय बाट सुरु भएको विरोध कार्यक्रम मदनचोकमा पुगेर समापन भएको थियो ।
विरोध कार्यक्रमा सहभाहिरुले भूमि विधेयक जनताको पक्षमा नरहेको भन्दै विरोध गरेका थिए । साथै उनिहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको भन्दै नारा समेत लगाएका थिए ।
कार्यक्रमा जसपा केन्द्रय सदस्य पार्वती राई, प्रदेश अध्यक्ष दिपक याख्खा, लिम्बुवान राज्य समिती संयोजक संजय राई, कोशी नाम खारेजी संघर्ष समितीका धनकुटा संयोजक संजयसन्तोषी राई लगायतले सभा लाई सम्बोधन गरेका थिए ।


