साँगुरीगढीमा सडक सरसफाई अभियान सम्पन्न
हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ अन्तर्गत बेस्राङ, खर्वनी र मलिनबोटेका स्थानिय बासिन्दाहरूले गाउँदेखि धरानसम्म आवतजावतमा प्रयोग हुने सडकलाई सरसफाई गरेका छन्।
आइतबार सम्पन्न सरसफाई अभियानमा १८ जना स्थानियको सक्रिय सहभागिता रहेको थियो। पिङडाँडा देखि रिम्बुङटोलको बेलचोक सम्म उनीहरूले सडक छेउछाउमा उम्रिएका झारपातलाई घराएसी हातहतियार प्रयोग गरि सडक सरसफाई गरेका हुन्।
स्थानिय बासिन्दाले आफ्नो स्वास्थ्य र वातावरणीय स्वच्छता कायम राख्नका लागि यस किसिमका सामूहिक गतिविधि निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन्।




