धनकुटामा फोनिजको स्थापना दिवसको अवसरमा शुभकामना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
धनकुटा,१६ भदौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० धनकुटाले २६ औं स्थापना दिवशको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा कोशी प्रदेश सरकारले ल्याउन लागको आम संचार विद्येकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान विषयक अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आज भएको कार्यक्रमा सहभागिहरुले कोशी प्रदेश सरकारले ल्याउन लागको आम संचार विद्येकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान तत्काल हटाउन माग गरेका छन् । साथै उनिहरुले भाषा सम्बन्धी व्यावस्थामा समेत प्रदेश सरकारले पक्षपात गरेको आरोप लागाएका थिए ।
कार्यक्रममा फोटो पत्रकार महासंघ धनकुटाका अध्यक्ष्ँ कविराज घिमिरे, प्रेस चैतारी धनकुटाका अध्यक्ष नारायण कुमार राई, पत्रकार ब्रह्मलाल हजारी, सरिता बराइली, नगेन्द्र राई, बिजय सन्तोषी राई, संजय सन्तोषी राई सन्तबीर लामा , पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायत पत्रकारले कार्यक्रममा सुभकामना तथा आम संचार विद्येकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान विषयक अन्र्तकृया कार्यक्रमा आफ्नो धारण राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा कोशी प्रदेशका संसद निरेन राईले सरकारले आम संचार विद्येकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान लाई सरकारले हटाउन र त्यसका लागि आफ्नो तर्फ बाट पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
फोनिज धनकुटाको आयोजना तथा तामाङ पत्रकार संघ धनकुटाको संयोजनमा भएको कार्यक्रम फोनिज धनकुटाकी अध्यक्ष मानवी मोक्तानको अध्यक्षतामा सम्पन्न भएको सचिव डेविट मगरले जानकारी दिए।


