रास्वपा पाख्रीबासको नगर अधिबेशन भदौ २७ मा हुने,डा. स्वर्णिम वाग्ले र सन्तोष परियार आउने
धनकुटा,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबासको प्रथम ऐतिहासिक नगर अधिवेशन भदौ २७ गते हुने भएको छ ।
पाख्रीबास नगरपालिका वडा नं. ४ मा रहेको पाख्रीबास होटल भ्यूमा अधिबेशन हुने रास्वपाका नगर सह-सचिव एवं संगठन विभाग प्रमुख बिष्णु बिक्रम निरौलाले जानकारी दिनुभयो ।
अधिबेशनमा प्रमुख अतिथिको रुपमा माननियद्वय डा. स्वर्णिम वाग्ले र सन्तोष परियारको उपस्थिति रहने पाख्रीबास नगर सभापती मणी राज भुजेलले बताए ।
अधिबेशनमा प्रदेश सभापति,प्रदेश महामन्त्री,प्रदेश प्रशिक्षण बिभाग प्रमुख,धनकुटा जिल्ला सभापति सहित अन्य प्रतिनिधीहरु साथै पाख्रीबास नपा सभापति एवं सदस्य , सबै वडा समिति तथा सदस्य , RAT प्रमुख एवं सदस्य , विभागिय प्रमुख लगायत सम्पूर्ण शुभेच्छुकलाई पाख्रीबासमा हुन गईरहेको ऐतिहासिक अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन पनि अनुरोध गरिएको छ ।
अधिवेशनले आगामी पाँचवर्षका लागि सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव सहित १५ सदस्यीय नयाँ नगरसमिति चयन गर्ने कार्यक्रम रहेको छ ।


