एमाले बिधान महाधिवेसनको बन्द सत्र सुरू, कर्ण थापालाई फरक मत राख्न समय दिईने

गोदावरी ललितपुर, २० भदौ । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन १२ मिनेटको उद्घाटन सम्पन्न भएको छ ।

 

कलाकारहरुले प्रत्यक्ष समृद्धिको मंगल धुनसँगै उद्घाटन समारोह सुरु भएको थियो ।

 

समृद्धिको मंगल धुन बजिरहँदा डिजिटल बोर्डमा विकासका लहरहरुको दृष्य देखाइएको थियो ।

राष्ट्रिय धुन, नेकपाका संस्थापक पुष्पलाल, जनताको बहुलदीय जनवादको प्रणेता मदन भण्डारी, कम्युनिस्ट पार्टीको पहिलो निर्र्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी लगायत सहिदहरुको सम्झनामा शोक धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बजाएर उद्घाटन गरिएको थियो ।

 

उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा धुनकै आधारमा बहिर पर्खालमा निर्माण गरिएको मिडिया सेन्टर छेउँमा कलाकारहरुले आर्ट गरिरहेका थिए । 

एक घन्टा ढिला सुरु भएको उद्घाटन समारोहमा नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो सम्बोधन गरेका छन् ।

 

सम्बोधनसँगै अध्यक्ष ओली राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

महासचिव शंकर पोखरेलले यसअघि हलमा पहिलो दिनको कार्यसूचि, आचारसंहिता पेश गर्नु भएको थियो । कार्यसूची अनुसार अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरिसकेपछि चिया÷खाजाका लागि १ घन्टा बन्दशत्र स्थगित हुने छ । 

त्यस लगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

 

त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

 

सबै प्रतिवेदन प्रस्तुसँगै अन्तिममा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत पेश गर्ने कार्यसूचि रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।