परराष्ट्र नीतिबारे एमाले: राष्ट्रिय सम्मानका साथ सबै बराबर

गोदावरी, २० भदौ । नेकपा (एमाले)ले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यतासहित परराष्ट्र नीतिलाई सात बुँदामा विश्लेषण गरेको छ ।

 

स्वतन्त्र परराष्ट्र नीति  र सन्तुलित वाह्य सम्बन्ध, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता, व्यापक सहयोग र साझेदारी, सार्थक क्षेत्रीय सहयोगः परिणाममुखी बहुपक्षीयता, स्वतन्त्रता र अहस्तक्षेपको सुनिश्चिता, न्यायपूर्ण समतामूलक विश्वव्यापी व्यवस्था र मनावतको हतिमा आधुनिक प्रविधिको प्रयोग, नवीन दृष्टिकोण रहेका छन् ।

‘विचारधारात्मक वा रणनीतिक आधारमा राष्ट्रहरु बिचको धु्रवीकरण र विभाजनका बाहना हुनुहुँदैन । हामी के ठान्छौं भने विश्व राजनीतिमा बहुलवाद सुनिश्चित गरिनुपर्छ । कुनै पनि देशले आफ्नो विचारधारा, विकास मोडालिटी वा रणनीति अरुमाथि लाद्ने प्रयास गर्नुहुँदैन । र, सबै भन्दा महत्वपूर्ण कुरा, हाम्रो संस्कृति, सभ्यता र पहिचान साथै अविकसित र विकासशील देशहरुसँग ऐक्यबद्धताको भावना केन्द्रमा रहनुपर्छ’, परराष्ट्र नीति खण्डमा उल्लेख गरिएको छ ।

 

राष्ट्रहरु जमिनको आकार, जनसंख्या वा आर्थिक शक्तिको आकारमा फरक हुन सकछन्, तर सबैको सार्वभौमिकता र राष्ट्रिय सम्मान समान रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रतिवेदनमा उल्लेख गरिएको छ– ‘हामी विवादहरुको शान्तिपूर्ण समाधानको दृष्टिकोणमा छौं, र श्रमिक वर्गको विशाल बहुमतको पक्षमा विश्व व्यवस्थालाई पुनः आकार दिन चाहन्छौं ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।