धनकुटामा जारी गरिएको निषेधाज्ञा हटाईयो
धनकुटा,२८ भदौ । धनकुटामा जारी गरिएको निषेधाज्ञा हटाईएको छ ।
देशको सुरक्षा अवस्थालाई मध्ये नजर गर्दै सुरक्षा संवेदनशीलता कायम राख्न गत भदौ २६ गते जिल्लाभर निषेधाज्ञा लागू गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सुचना अनुसार आज भदौ २८ गते दिउंसो १ वजे देखि निषेधाज्ञा हटाईएको हो ।



