धनकुटा औद्योगिक ग्राममा १ वर्षमा २ वटा उद्योग थप

धनकुटा, ३१ भदौ । धनकुटा नगरपालिका ६ आत्माराको अमलेटारमा रहेको औद्योगिक ग्राममा आर्थिक वर्ष २०८१÷०८२ मा जम्मा २ वटा उद्योग थप भई संचालनमा आएका छन् ।

स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनाका लागि भन्दै जग्गा अधिग्रहण गरिएको ४० बर्ष पछि निर्माणधीन औद्योगिक ग्राममा संचालनमा आएको थियो यस अघि १४ वटा उद्योग स्थापना भए पनि गत आर्थिक वर्षमा २ वटा मात्र नयाँ उद्योग संचालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख मेघराज बस्नेतले जानकारी दिए ।

ग्रामसम्म पुुग्ने सडक र आवश्यक भवन पूर्वाधार तयार भएको बर्षैं भइसक्यो तर, उद्योग भने संचालनमा आउँन सकेका छैनन् । धनकुटा नगरपालिका ६ आत्मारामा रहेको अमलेटारमा औद्योगिक ग्राम बनाउँन २०३९ सालमै ६० रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यस यता पटकपटक गरि यो ठाउँमा सडक र भवन पूर्वाधार निर्माण, खानेपानी व्यावस्थापन लगायत कार्यका लागि करिब १८ करोड रुपैयाँ खर्च भइसकेको छ । तयार पारिएका भवनमा उद्योग संचालन गर्दैजाने नीति हो तर उद्योग संचालनमा गर्न अझै उद्यमीले चासो नदेखाएको कार्यलयले जनाएको छ ।

खानेपानी, परिवार बस्नका लागि उपयूतm वतावरण साथै बजारको समस्याले गर्दा औद्योगिक ग्राममा उद्यम संचालनका लागि समस्या भएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताए । ग्रामका लागि भवन पूर्वाधार बनेपनि कच्चा पदार्थ आयात, तयारी मालबस्तु निर्यात, लगानी, उत्पादन, रोजगारी, संभावित बजार ब्यबस्था, भाँडादर लगायतका कारण उद्योगीहरुले चासो नदेखाएको अध्यक्ष राईको भनाई छ ।

ग्राम स्थापना भए पनि अपाएक भएका कारण उद्यमीले लगानी गर्न इच्छा नदेखाएको घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए । राज्यले ठूलो लगानी गरी सकेकोले सबै सरोकारवाला पक्षले औद्योगिक ग्रामको सदुपयोग गर्न र उद्योग स्थापनाको वातावरण बनाउँन जरुरी रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

कोरोना काल पछि समग्र उद्योग क्षेत्रमा समस्या आएकोले पनि ग्राममा उद्योग संचालनका लागि लगानी गर्न उद्यमीले चासो नदेखाउँदा ६० वटा सम्म घरेलु तथा साना उद्योग राख्न सकिने भए पनि सोचे अनुसार उद्योग स्थापना नभएको प्रदेश सरकार धनकुटा औद्योगिक ग्राम संचालक समितीका अध्यक्ष तिलबहादुर महतले बताए ।

खानेपानी, विद्युत लगायतका समस्या आफू अध्यक्ष भएर आए पछि समाधान गरिएको साथै उद्योग संचालन गर्न चाहनेका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको कारण अव भने उद्योग संचालनका लागि उद्योगी वातावरण तयार परिएको प्रदेश सरकार धनकुटा औद्योगिक ग्राम संचालक समितीका अध्यक्ष महतको भनाइ छ ।

ग्राममा उद्योग संचालन गर्न चाहने उद्यमीका लागि सस्तो व्याजमा विऊँ पुजिँ उपलब्ध गराउने, मेसिन औजारमा अनुदान लगायतका कार्यक्रम ल्याउनका लागि कोशी प्रदेश सरकार संग अनुरोध भई रहेको महतको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।