भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गरिने : प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने जानकारी दिएकी छन् । आन्दोलनको म्यान्डेट नै भएकाले यस्तो आयोग आवश्यक रहेको उनले उल्लेख गरेकी छन् ।

उनका अनुसार, आयोगले अनुसन्धान गरेर आगामी सरकारले कारबाही अघि बढाउन सक्ने नीति तथा कानुनी आधार तयार गरिदिनेछ ।

“कति भ्रष्टाचार भएको छ, अनियमितता भएको छ, त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाहीसम्म पुर्‍यायौं भने सरकारले काम गर्न सक्छ । तर, हामी बाटो चाहिँ बनाउँछौं,” प्रधानमन्त्री कार्कीले बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा भनिन् ।

त्यस्तै, जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न तीन सदस्यीय आयोग गठन गरिने जानकारी पनि उनले दिइन् । प्रारम्भमा आयोगलाई एक महिनाको समय दिइनेछ, तर आवश्यक परेमा थप १५ दिनको अवधि प्रदान गरिनेछ ।

प्रधानमन्त्रीका अनुसार, मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने सैद्धान्तिक निर्णय हिजो नै गरिसकेको छ । उनले थपेकी छन्, “सरकारको कार्यकाल ६ महिनाको मात्र भएकाले यो अवधिमा अधिकतम काम गर्ने हाम्रो उद्देश्य हो ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।