सुशीला कार्की नेतृत्वको वर्तमान सरकार जनताको चाहना होइन : नेकपा धनकुटा
धनकुटा, १ असोज । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति धनकुटाले जेन्जी आन्दोलनले नेपालको राजनैतिक इतिहासमा एक महत्वपूर्ण मोडको रुपमा उदाएको जनाएको छ ।
धनकुटामा आज पत्रकारहरुसंग अन्तकृया गर्दै नेपाल कम्युनिस्ट पार्टीले यस्तो धारण सार्वजनिक गरेको हो । पाटीले विज्ञप्ती जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो साथै जेन्जी आन्दोलनले देशमा पुरानो दलाल संसदीय व्यवस्थालाई चुनौती दिएर नयाँ प्रणालीको बाटो खोलेको भए पनि त्यसलाई पुनः दलाल शक्तिहरुले कब्जा गर्ने प्रयास गरेको आरोप लगाएको छ साथै पाटीले अन्तरिम सरकार जनताको विजयी नभई विदेशी हस्तक्षेपको उत्पादन रहेको समेत सचिव विशाल सी द्धरा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ साथै सुशीला कार्की नेतृत्वको वर्तमान सरकार समेत जनताको चाहना नभएको जनाईएको छ ।
विज्ञप्तिमा भनिएको छ –
आदरणिय जनसमुदाय तथा जेन्जी मित्रहरू,
सम्पूर्ण नागरिकहरूको बलिदान र आकांक्षाबाट जन्मिएको जेन्जी आन्दोलन नेपालको राजनीतिक इतिहासमा एक महत्वपूर्ण मोडको रूपमा उदाएको छ| यो आन्दोलनले दलाल संसदीय व्यवस्थाको खोक्रोपन उजागर गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी,भ्रष्टाचारको अन्त्य, उत्पादनमूलक रोजगारी, निःशुल्क शिक्षा, स्वास्थ्यमा पहुँच र राष्ट्रिय स्वाधीनताको मागलाई देशव्यापी जनमागको रूपमा खडा गरेको छ। यसले नयाँ पुस्ताको विद्रोही चेतनालाई राष्ट्रिय राजनीतिक मञ्चमा ल्याई पुरानो सत्ता संरचना र दलाल व्यवस्थालाई चुनौती दिएको छ।
तर, आज दुःखका साथ भन्नुपर्छ यो आन्दोलनका उपलब्धिहरू साम्राज्यवादी शक्तिहरू र दलाल वर्गको मिली भगतमा अपहरण भइसकेका छन । विदेशी दातृ निकाय, एनजीओ र विभिन्न राजदूतावासहरूले सुरु देखि नै आन्दोलनलाई सुधारवादी नारामा सीमित पार्ने खेल खेले, विद्रोही युवाको आक्रोशलाई सडक संघर्ष बाट हटाएर पुन स् दलाल पुजीवादीको एजेन्डामा कैद गर्ने षड्यन्त्र भयो। अन्ततः यही षड्यन्त्रको परिणामस्वरूप पूर्वन्यायाधीश सुशीला काकीको नेतृत्वमा अन्तरिम सरकार गठन गरियो, जुन जनताको चाहना होइन, बाह्य शक्तिको आदेश र दलाल वर्गको सम्झौतामा बनेको प्रत्यक्ष संरचना हो।
यो अन्तरिम सरकार जनताको विजय होइन, विदेशी हस्तक्षेपको उत्पादन हो। यसले जेन्जी आन्दोलन र आम जनताको अपार बलिदानलाई वेवास्ता गर्दै भ्रष्टाचार, राष्ट्रघात, तस्करी र दलाली विरुद्धको संघर्षलाई सम्बोधन गर्ने सट्टा पुरानो राज्य संयन्त्रलाई मात्र निरन्तरता दिनेछ। त्यसैले यो सरकार कुनै समाधान होइन, दलाल-पुजीवादी हस्तक्षेपकारि गठबन्धनको प्रत्यक्ष उपज मात्र हो।
नेपालको निकास नयाँ मन्त्रिपरिषद वा सरकार बनाउने होइन, बरु नयाँ राज्य संरचना, संविधानको सहितको स्वाधीन, पुनर्लेखन र प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदै नेपाली बिशेषता को समाजवाद आत्मनिर्भर व्यवस्था निर्माण गर्नु हो। हाम्रो पाटी स्पष्ट रूपमा भन्छ विदेशी हस्तक्षेप र दलाल गठबन्धनको भण्डाफोर गर्दै, अब नेपाली युवाशक्ति र जनसमुदायलाई क्रान्तिकारी बाटोतर्फ संगठित बन्नुपर्छ ।
यसै आधारमा नेकपा स्पष्ट घोषणा गर्दछन् विदेशी हस्तक्षेप मुर्दाबाद, जेन्जी आन्दोलन जिन्दाबाद, अन्तरिम दलाल सरकार होशियार, राष्ट्रिय स्वाधीनता, आत्मनिर्भरता र प्रत्यक्ष कार्यकारी नेतृत्व कायम गरी यही हाम्रो प्रगतिशील क्रान्तिकारी मार्ग हो र यही बाटोले मात्र नेपाली जनताको मुक्ति माग विजय सुनिश्चित गर्नेछ ।
बिशाल सी (सचिब)



