जीवन विकासको स्वयंसेवक दिवसमा १६० स्थानमा श्रमदान

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ ।

जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते आइतबार ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको हो ।

जीवन विकासका १६० वटा शाखा कार्यालयहरु छन् । सबै शाखा कार्यालयहरुले स्वयंसेवक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेका हुन् ।

स्वयंसेवक दिवसमा श्रमदान मार्फत ४५ विपन्न परिवारका लागि घर निर्माण भएको छ । २७ वटा शाखाले बजार सरसफाइ, २७ वटा शाखाले मन्दिर सरसफाइ, २७ वटा शाखाले वृक्षरोपण कार्यक्रम गरेका छन् । विद्यालय सरसफाइ तथा वृक्षरोपण कार्यक्रम १८ वटा शाखाले गरेका छन् ।

चार वटा प्रहरी बिट मर्मत, २ वटा नगरपालिकाको कार्यालय सरसफाइ, ३ वटा वडा कार्यालय सरसफाइ गरिएको छ । दुई स्थानमा सामुदायिक भवन, दुई स्थानमा पानीको मुहान सरसफाइ भएको छ ।

पृथ्वी जोगाउने अभियान अन्तरगत वातावरण संरक्षणका लागि जीवन विकासले वृक्षरोपणलाई प्राथमिकतामा राखेको छ । कार्यक्रमहरुमा थ्री जिरो क्लब र स्थानीय नागरिक समाजका अगुवा र लघुवित्तका सदस्यहरु सहभागी थिए ।

२०७२ सालमा आयोजित सदस्य सम्मेलनबाट जीवन विकासले श्रमदान गरेर स्वयंसेवक दिवस घोषणा गरेको थियो । २०७३ सालदेखि निरन्तर स्वयंसेवक दिवस मनाउँदै आएको छ ।

समुदायमा श्रमदानको भावना विकास गर्नका लागि सामाजिक काम गर्दै स्वयंसेवक दिवस मनाउन थालिएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

उनका अनुसार नेपालमा विदेशबाट भोलेन्टियर रुपमा विभिन्न देशका नागरिकले श्रमदान गर्ने प्रचलन थियो । आफ्नो देशका लागि आफैले श्रमदान गरेर मनाउने उद्घोषसहित जीवन विकासले स्वयंसेवन दिवस घोषणा गरेको थियो ।

‘समाजमा श्रमदानको संस्कृति विकास गर्ने उदेश्यले स्वयंसेवक दिवस घोषणा गरेर मनाउन थालियो,’उनले भने,‘स्वयंसेवक दिवस श्रमदान मार्फत समाज सेवा गर्ने माध्यम पनि हो ।’

उनका अनुसार पछिल्लो समय नेपालमा स्वयंमसेवकको रुपमा श्रमदान गर्ने संस्कृतिको विकास भइरहेको छ ।

कोशी, मधेश र बागमती प्रदेशमा ३ लाख ५५ हजार बढी सदस्यको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले विभिन्न सामाजिक अभियान पनि सञ्चालन गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।