चाडपर्व मनाउन रेमिट्यान्सकै भर

धनकुटा, ९ असोज । धनकुटाको छथर जोरपाटीमा स्थानिय युवाले दसैंको अवसरमा आयोजना गरेको खेलकुद प्रतियोगितामा सहयोग गर्ने अधिकांश वैदेशिक रोजगारीमा रहेका युवा रहेका छन् । त्यस्तै विभिन्न संचार माध्यममा दसैंको शुभकामना दिने , गाउँघरमा हुने सामुदायिक कार्यक्रमदेखि लिएर परिवारस्तरमा चाडपर्व मनाउन अहिले पनि रेमिट्यान्सकै भर परेको देखिन्छ ।

दसैं, तिहारलगायतका पर्व नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम नै गाउँघर तथा परिवारमा चाडपर्व मनाउँन मुख्य स्रोत बनेको हो । पहिला जस्तो दसैंमा खाद्यन, पैसा जोहो गर्ने व्यावस्था देशमा सबै क्षेत्रको आम्दानीका स्रोतहरू कमजोर बन्दै गएपछि गाउँघरमा हुने सांस्कृतिक कार्यक्रम, चन्दा संकलनदेखि लिएर घरायसी खर्चसम्म विदेशबाट आउने रकमकै भरमा चल्ने गरेको धनकुटाको छथर जोरपाटीका रमेश कार्की बताउँछन् ।

मुख्यत वैदेशिक रोजगारीमा धेरै युवा भएकोले पनी घर परिवारले दसैं राम्रो संग बनाउँन भनेर पैसा पठाउने गरेको र साथी भाईको अनुरोध लाई समेत नर्कान नसक्दा हरेक क्षेत्र रेमिट्यान्को भरमा चल्नु पर्ने अवस्था आएको धनकुटाका नगरपालिकाका अशोक राई बताउँछन् । खासगरी दसैंमा नयाँ लत्ताकपडा, मासु–माछा, आफन्तलाई उपहार दिन समेत रेमिट्यान्स नै प्रमुख आधार बन्नु भन्दा पनी आन्तरिक आम्दानी लाई घर परिवारले समेत बढाउनु पर्ने राइको भनाई छ ।

पहिला दसैंका लागि भनेर वर्ष दिन अघि बाट खोरमा खसी बोका छुट्याउन चलन थियो तर अहिले आफूले त्यसरी उत्पादन गर्ने भन्दा पनी बाहिर बाट खरीद गर्ने चलन बढेको छ खसी मात्र नभएर हरेक वस्तु उत्पादन गर्नु भन्दा खरिद गर्ने वानीले देशमा रोजगारी नभएकाले विदेश बाट पठाएको पैसाकै भर पर्नु पर्ने अवस्था रहेको साँगुरीगढीका स्थानिय थर्क लिम्बु बताउँछन् ।

चाडपर्वमा हुने खर्च धेरै उपभोगमुखी हुने हुँदा बजारमा व्यापारिक गतिविधि र स्थानिय अर्थतन्त्र चलायमान भए पनी रेमिट्यान्समा सबै कुरा निर्भर हुदाँ दीर्घकालीन उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्दा गाउँको अर्थतन्त्र अझै परनिर्भर रहँदै जाने जोखिम भने कायम रहने धनकुटा बहुमुखी क्यापसका अर्थशास्त्रका प्राध्यापक काशिनाथ कट्टेलले बताउँनु भयो ।

गाउँघरमा वर्षदिनभरि हुने सामाजिक–सांस्कृतिक गतिविधि प्रायः वैदेशिक रोजगारबाट आर्जित पैसाले धानेको देखिन्छन् यसले चाडपर्वको रौनक त बढाएको छ, तर रेमिट्यान्समा अत्यधिक निर्भरता दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि चुनौती बन्ने विज्ञहरु बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।