धनकुटामा निरन्तरको बर्षाले यी सडकमा पुरायो क्षति
धनकुटा,१९ असोज । धनकुटामा निरन्तरको बर्षा केही स्थानका सडकमा क्षति पुराएको छ ।
मध्य पहाडि लोकमार्गको पाख्रिबास नगरपालिका ५ डिकुरे र वडा नं ४ पाख्रिबासमा पहिरो झर्दा दुई स्थानमा बाटो अवरोध भएको छ भने कोशी लोकमार्गको साँगुरीगढी गाउंपालिका १ चनौटे,घण्टे,सिमसुवा गरी ३ ठाउमा पहिरो गई बाटो अबरोध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
त्यसैगरि रवि राके निर्माणाधिन बाटो-साँगुरिगढी ५ लुम्फाजुङ,पहिरो,वालुवाखानी र तमर करिडोर-चौविसे गापा ४ छरुवा खोलामा बाढी आई वाटो अवरोध भएको प्रहरीले जनाएको छ ।


