धनकुटामा अवरुद्द केही सडक एकतर्फी संचालनमा
धनकुटा,१९ असोज । धनकुटामा निरन्तरको बर्षा केही स्थानका सडकमा क्षति पुगि सडक अवरुद्द भएकोमा केही स्थानका सडक एकतर्फी संचालनमा आएका छन् ।
मध्य पहाडि लोकमार्गको पाख्रिबास नगरपालिका ५ डिकुरे र वडा नं ४ पाख्रिबासमा पहिरो झर्दा दुई स्थानमा बाटो अवरोध भएको थियो भने कोशी लोकमार्गको साँगुरीगढी गाउंपालिका १ चनौटे,घण्टे,सिमसुवा गरी ३ ठाउमा पहिरो गई बाटो अबरोध भएकोमा एकतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
त्यसैगरि रवि राके निर्माणाधिन बाटो-साँगुरिगढी ५ लुम्फाजुङ,पहिरो,वालुवाखानी र तमोर करिडोर-चौविसे गापा ४ छरुवा खोलामा बाढी आई वाटो अवरोध भएकोमा खुल्न बांकी रहेको प्रहरीले जनाएको छ ।


