संखुवासभाको खाँदबारी नगरपालिकामा करारमा कार्यरत २९ जनाको सम्झौता रद्द
संखुनासभा,२२ असोज ।संखुवासभाको खाँदबारी नगरपालिकामा करारमा कार्यरत २९ जनाको सम्झौता रद्द गरेको छ ।
पालिकाले प्रमुख प्रशासकिय अधिकृत पदम प्रसाद बजगाई र नगर प्रमुख महेश थपलियाद्वारा संयुक्त रुपमा हस्ताक्षरित सुचना जारी गर्दै करारमा कार्यरत कर्मचारीके सम्झौता रद्द गरिएको जनाएको छ ।
जारी सुचनामा भनिएको छ –
प्रस्तुत बिषयमा श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च. नं. ११३ मिति २०८२/०६/०८ को निर्णय कार्यान्वयन गर्ने/गराउनेसम्बन्धी पत्र तथा नेपाल सरकार, अर्थ मन्त्रालयको च. नं. ११८ मिति २०८२/०६/०७ को पत्रानुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०६/०५ को बैठक निर्णयबाट “नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा स्वीकृत दरबन्दी वाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने” भनी प्राप्त निर्देशनबमोजिम यस कार्यालयको मिति २०८२/०६/२२ को निर्णय अनुसार यस कार्यालय अन्तर्गत स्वीकृत दरबन्दी वाहेकमा दैनिक ज्यालादारी नियुक्ति / करार सेवामा कामकाज गर्ने गरी सम्झौता भएका १३ (तेह) जना र झोलुङ्गे पुल हेरालु १६ (सोह) जना सहित जम्मा २९ (उनन्तिस) जना कर्मचारीहरुको मिति २०८२ कार्तिक १ गतेबाट लागु हुने गरी दैनिक ज्यालादारी नियुक्ति तथा करार सम्झौता रद्द गरिएको वेहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।



