धनकुटाको महालक्ष्मी नगरपालिकाले पनि गर्यो अस्थायी र करारका कर्मचारीको सम्झौता रद्द
धनकुटा,२४ असोज ।धनकुटाको महालक्ष्मी नगरपालिकाले पनि अस्थायी र करारका कर्मचारीको सम्झौता रद्द गरेको छ ।
पालिकाले प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाईद्वारा हस्ताक्षरित सुचना जारी गर्दै अस्थायी र करारमा कार्यरत कर्मचारीको सम्झौता रद्द गरिएको जनाएको छ ।
जारी सुचनामा भनिएको छ –
प्रस्तुत विषयमा श्री संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको च.नं. ११३, मिति २०८२।०६।०८ र श्री अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौंको च.नं. ११८ मिति २०८२।०६।०७ को प्राप्त पत्रानुसार नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७२।०६।०५ गतेको बैठकवाट नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भनी निर्देशन भए अनुसार नगर अनुदानवाट परिश्रमिक भुक्तानी हुने गरी यस कार्यालय अन्तरगत स्वीकृत दरबन्दी वाहेकमा अस्थायी नियुक्ति भएका, करार सेवामा नियुक्ति भएका, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी तथा अन्य कर्मचारी हरु ( नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय शिक्षक र वालविकास स.का) हरु समेतको मिति २०८२।०७।०१ गते देखि लागु हुने गरी नियुक्ति र करार सम्झौता रद्द गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ ।



