हातपाऊ बसेका बुढापाखा अन्त गए, युवाहरु एमालेमा आए:ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बुढापाका बाहिरिएको र युवा पुस्ता धमाधम प्रवेश गर्न थालेको दाबी गरेका छन्।

उनले नेकपा एसका नेताहरुप्रति लक्षित गर्दै काम गर्न नसक्ने र हातपाऊ बसेका बुढापाखा अन्त गएको र युवा पुस्ताहरु एमालेमा आउन थालेको भन्दै कटाक्ष गरेका हुन्।

सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरुको आग्रहले नभई आफ्नो अनुभवले नेकपा एसका नेताहरु घर फर्किएको उनको भनाइ छ।

उनले भने,‘गाउँखाने कथा जस्तो काम गर्न नसक्ने र हात पाऊ बसेका बुढापाखा अलग भएपनि युवा पुस्ता भित्रिरहेका छन्। हाम्रो आग्रहले होइन् उहाँहरुको अनुभवले घर फर्कनु भएको हो। हामीले आह्वान गरौं। तर फकाइफुल्याई वरीयतामा केही पनि दिन्छु भनेका छैनौं । यो चाहियो भनेको छैनौं । घर फर्कने छौं मात्र भन्नुभएको छ।’

त्यस्तै उनले नेकपा एमाले सानो चित्त, साघुरो मन र दिल भएको भनेर हल्ला चलाइएकोमा रोष व्यक्त गरे। एमालेमा कोही खाँदाखाँद गरेर बस्नुपर्ने अवस्था नभई फराकीलोसँग बस्ने इस्पेस रहेको बताए।

अध्यक्ष ओलीले अब उप्रान्त नेकपा एमालेले जेनजी आन्दोलनको जस्तो घट्ना हुन नदिने भन्दै आगो लगाउनेलाई छुट नदिने बताए।

त्यस्तै उनले निजी सम्पत्ति स्वाह पारिदने चिनिएका तत्वहरुलाई सरकारले गिरफ्तार र कारबाही नगरेको भन्दै यस्तो दण्डहीनताको प्रवृत्तिले दिर्घकालिन प्रतिसोध जन्माएर समाजमा दिर्घकालिन अशान्ति हुने बताए। उनले समयमा नै दोषीहरुलाई कानुनी कारबाही गर्न सरकारलाई चेतावनी दिए।

‘अब उप्रान्त नेकपा एमालेले यस्तो घट्ना हुन दिने छैन्। आगो लगाउनेलाई छुट दिने छैन्। निजी सम्पत्ति स्वाहा पारिदने तत्वहरु चिनिएका छन्। गिरफ्तार वा कारबाही गर्न नहुने पनि हुन्छ ? म सरकारलाई चेतावनी दिन्छु। यस्तो दण्डहिनताको प्रवृत्तिले प्रतिसोध जन्माएर समाजमा दिर्घकालिन अशान्ति हुनसक्छ । त्यसकारण समयमा नै कानुनी कारवाही गर्नुपर्छ,’ उनले भने।

जेनजीको नाममा युवाहरुलाई एउटा परिस्थिति खडा गरेर मार्ने मराउने काम भएको बताउँदै उनले संसद विघटन गर्ने र हुनै नहुने मान्छे संविधान मिचेर प्रधानमन्त्री हुने जस्ता सबै नराम्रो कामहरु भएको बताए।

उनले भने,‘जेनजीको नाममा आन्दोलन होइन अर्कै चिजको भएछ। राष्ट्र र व्यक्तिको सम्पति जलाइएछ। थुप्रै युवाहरु एउटा परिस्थिति खडा गरेर मार्ने मराउने काम भएछ। संसद विघटन गर्ने अनि हुनै नहुने मान्छे संविधान मिचेर प्रधानमन्त्री भएछन्। नहुन पर्ने सबै नराम्रो काम भएछ। असंवैधानिक सरकार बनेछ। लोकतन्त्र विरोधी र जनमतलाई अनादार गर्ने सरकार बनेछ। संविधान जगाउने र जसबाट संसद पुर्नस्थापना गर्ने बाटो नै ठिक रहेछ भनेर केही जेनजी र युवाहरु एमालेमा नयाँ प्रवेश गर्नुभएको छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।