संखुवासभाको खांदबारीमा आगलागी
संखुवासभा । संखुवासभाको खांदबारी स्थित एक घरमा आगलागी भएको छ ।
जिल्लाको खाँदबारी नगरपालिका २ को खोरिया टोलमा मनबहादुर बिकको घरमा आगलागी हुंदा सम्पूर्ण सामान नष्ट भएको छ ।
बिजुली सर्ट भई आगलागी भएको खाँदबारी नपा२ का वडाध्यक्ष याेगेन्द्र थापाले जानकारी दिए ।


