इटहरीकी मञ्जुको शव सर्दु जलाधार क्षेत्रमा फेला, घटना शंकास्पद

इटहरी । इटहरी–२ की ३५ वर्षीया मन्जु पौडेल निरौलाको शव सर्दु जलाधारस्थित खोल्सामा फेला परेको छ।

हराएको समय, फेला परेका सामग्री, स्थानको भौगोलिक जटिलता र शवको अवस्था हेर्दा घटना शंकास्पद देखिएको छ।

गत २४ कार्तिकमा बिहान साढे ८ बजेतिर घरबाट निस्किएपछि बेपत्ता भएकी उनी घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए ।

खोजी गर्ने क्रममा २७ कार्तिकमा धरान उपमहानगरपालिका वडा नं. ४ बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडिज स्विटर, कालो चप्पल, खैरो ब्याग र सल फेला परेपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको सर्दु जलाधार क्षेत्र धरान बजारदेखि करिब १३ किलोमिटर उत्तर–पूर्व तर्फको दुर्गम भूभाग पर्छ।

उनले भने, ‘भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका सामानबीचको तालमेलले घटना शंकास्पद देखिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ।’

प्रहरीले घटनास्थलको मुचुल्का, शरीरको अवस्था, आसपासका भौगोलिक संकेत र प्रमाण संकलन गरी शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोष्टमार्टमका लागि पठाइसकेको छ।

पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ।-टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖