ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएको छ । मिक्वाखोला गाउँपालिका –४ तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएको हो ।

अघि राती १२ बजेबाट अचानक आगलागी हुँदा विष्णु साँवा, राजकुमार साँवा, अनि साँवा र इन्द्रकुमार साँवाको घर जलेर नष्ट भएको स्थानीय तथा फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागी आगामी मंसिर ७ गतेदेखि सुरु हुन लागेको फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला लाग्ने स्थानमा नै भएको हो । सोही कारण मेला पनि अनिश्चित जस्तो भएको अध्यक्ष लिम्बूले बताउँनुभयो । मेला सम्बन्धी अहिले समिति बैठक बस्न लागेको लिम्बूले जानकारी दिनुभयो ।

आगलागी नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएको लिम्बूको भनाई छ । आगलागी के कारणले भयो भन्ने अनुसन्धान भइरहेको र क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।