मोरङमा दुई बालिकाको हत्याः न अपराधी भेटिए न भयो पहिचान

मोरङ । मोरङका दुई फरक स्थानमा पछिल्लो तीन महिनाभित्र फेला परेका दुई बालिकाका शवका प्रकरणमा प्रहरीले अहिलेसम्म ठोस प्रगति जनाउन सकेको छैन । दुवै घटनामा हत्या भएको पुष्टि भए पनि प्रहरीको अनुसन्धान न त हत्यारा पुग्ने अवस्थामा पुगेको छ, न त एक घटनामा मृतकको पहिचान नै खुलेको छ ।

प्रहरीको प्रारम्भिक भनाइमै दुवै प्रकरणमा बलात्कारपछि हत्या भएको आशंका छ । तर, शव अत्यधिक कुहिएको अवस्थामा भेटिएकोले मेडिकल रिपोर्टले बलात्कार पुष्टि गर्न नसकेको प्रहरीले जनाएको छ ।

लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतम असोज २१ मा घर नजिकै पिङ खेल्न गएकी थिइन् । त्यसपछि उनी बेपत्ता भइन् ।कार्तिक ७ मा बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको, नग्न अवस्थाको शव फेला परेपछि घटनाले जघन्य रूप लियो ।चप्पल र कपडाका आधारमा मात्र शवको पहिचान सम्भव भयो ।चारैतिरको खोजी, प्राविधिक सहयोग र पोलिग्राफ परीक्षणसम्म प्रयोग गरिरहेको प्रहरी अझै घटनाको मूल दोषीसम्म पुग्न नसकेको छ ।

अंशुको मोबाइल नभएकाले अनुसन्धानका महत्वपूर्ण कडी छुटेका छन् ।
परिवारले हत्यारा पक्राउ नपर्दासम्म शव नबुझ्ने अडान लिएको छ । शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमै राखिएको छ ।

मोरङ प्रहरी प्रवत्ता डीएसपी कोपिला चुँडाल भन्छिन्,“सबै विधि प्रयोग भइरहेको छ, तर निष्कर्षमा पुगिएको छैन ।”

गत असार २८ मा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ झाडीभित्र १४–१५ वर्षकी एक अज्ञात बालिका नग्न र कुहिएको अवस्थामा भेटिइन् ।शव यति बिग्रिएको थियो कि आसपास दुर्गन्ध फैलिएको स्थानीयको सूचनामा मात्र प्रहरी पुगेको थियो ।चार महिनासम्म देशभर खोजी गर्दा पनि पहिचान खुल्न नसकेपछि प्रहरीले मृतक नेपाली नहुन सक्ने निष्कर्ष निकालेको छ ।भारतीय प्रशासनसम्म हुलिया पठाइए पनि कुनै हराएकी बालिका मेल खाएनन् ।

अहिले प्रहरीले डीएनए नमुना सुरक्षित राखेर शवलाई बेवारिसे घोषणा गर्दै अन्त्येष्टि प्रक्रियाका लागि विराटनगर महानगरलाई पत्र लेखेको छ ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।