विराटनगरबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर, मंसिर ०३ गते । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।

मंसिर २ गते मोरङको विराटनगर महानगरपालिका-१३ स्थित सडक किनारमा को.१४ प ४५८७ नम्बरको मोटरसाईकलमा संकास्पद गतिबिधी गरीरहेको अवस्थामा विराटनगर-८ का २८ बर्षीय अजय कुमार मुखिया र विराटनगर-१६ का अजय कुमार राउतलाई शंकालागी चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर १४० ग्राम १८ मिलिग्राम बरामद भएको हो ।

यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर-११ बसपार्क स्थितबाट भारत अररियाका २८ बर्षीय मो. मोजाहित र २० बर्षीय राज कुमार दासको साथबाट १५२ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।