एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडे

बारा । नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडेको छ । केही युवाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका हुन् ।

विमानस्थलको मुख्य गेटमा दुई जना मात्र प्रहरी तैनाथ थिए । युवाहरुले विमानस्थलको गेट बाहिरबाट धकेल्न थालेपछि भित्रबाट ती प्रहरीहरुले रोक्न खोजेका थिए । तर प्रहरीहरुले सकेनन् ।

गेट भाँचिएर प्रहरीकै माथि खसेको थियो । त्यसपछि केही युवाहरु भित्र छिरेका थिए । तर केहीबेरमै उनीहरुलाई प्रहरीले बाहिर निकालेको थियो ।

बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली बारा जाँदै छ । नेताहरु बारा नपुग्दै स्थानीय युवा र एमाले कार्यकर्ताहरुबीच सिमरा बजारमा झडप भएको थियो ।

दिउँसो १२:३० देखि राति ८ बजेसम्म कर्फ्यू लागू

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा आज दिउँसोदेखि कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म लागू हुनेगरी कर्फ्यू जारी गरेका हुन्। स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासन ऐनअनुसार सिमराको मुख्य क्षेत्रलाई ‘नो–मुभमेन्ट’ क्षेत्रमा रूपान्तरण गरिएको हो।

निर्देशनअनुसार गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँबायाँ पाँच सय मिटर क्षेत्र र सिमरा विमानस्थल वरिपरि पाँच सय मिटर परिधिमा आवतजावत, सभा, जुलुस, भेला, प्रदर्शन तथा अन्य सार्वजनिक गतिविधि पूर्णतः निषेध गरिएको छ। प्रशासनले कर्फ्यूको उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ।

एमाले नेता महेश बस्नेत विमानस्थलमा आइपुग्ने सूचना सार्वजनिक भएपछि बिहानैदेखि जेनजी युवाहरूले सिमरा आसपासमा प्रदर्शन गरेका थिए। सो क्रममा जेनजी समूह र एमाले कार्यकर्ताबीच झडप भएको, स्थितिले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति हुनसक्ने आँकलन भएपछि कर्फ्यू लगाउन बाध्य भएको प्रशासनले जनाएको छ।

सुरक्षाबललाई उच्च सतर्कतामा राखिएको छ र प्रशासनले शान्ति–सुरक्षा कायम गर्न सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।