जेनजी आन्दोलनको क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ

बिर्तामोड, मंसिर ३ । जेनजी आन्दोलनको नाममा विध्वंश मच्चाउने क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बिर्तामोड-८ गरामनीका ३६ वर्षीय गंगाराम लिम्बू र बिर्तामोड-७ मुसहरडाँडाका १९ वर्षीय सेसेहाङ इङ्नाम लिम्बू रहेका छन् ।

हिजो बिहान अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवैजनालाई आआफ्नो घरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका लिम्बू र इङनामलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी गर्ने विध्वंशकारीहरु हालसम्म १५ जना पक्राउ परेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।