लेटाङ जाँतेमा पुरानो मोटरसाइकलसँग साटेर नयाँ चोरी
लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेस्थित तेली खेला पुलको पूर्व छेउमा मदन भण्डारी राजमार्गमा राखिएको बागमति प्रदेश ०३–००२ प २७१० नम्बरको निलो/कालो रङको पल्सर मोटरसाइकल मिति २०८२ मंसिर २ गते विहान साढे १० देखि ११ बजेको बीचमा हराएको हुनाले देख्नु हुने महानुभावले नजीकको प्रहरी कार्यालय वा मोटरसाइकल धनिलाई ९८४२५००५१७ मा सम्पर्क गरिदिनु हुन अनुरोध छ ।
साथै सो मोटरसाइकल हराएको ठाउँमा अलि पुरानो को ७ प ६३२८ नम्बरको पल्सर मोटरसाइकल समेत भेटिएको हुनाले कसैले साटेर चोरी गरि लगेको हुनसक्ने अनुमान गरिएको छ ।
सो मोटरसाइकल अस्थायी प्रहरी चौकी जाँतेमा राखिएको हुनाले कसको हो भनि चिन्नु हुने व्यक्तिले प्रहरीलाई जानकारी दिनु हुन अनुरोध गरिएको छ।


