मोरङ कारागारका थुनुवाको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङका १ जना थुनुवाको बुधबार बिहान मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले बताए ।

उनका अनुसार लिम्बू अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् । जिल्ला प्रशासन कार्यालय मोरङले मागेको धरौटीबापतको १० हजार रूपैयाँ तिर्न नसकेपछि उनलाई गत साउन १४ गते कारागार चलान गरिएको थियो ।

प्रशासनको आदेश अनुसार मोरङ कारागार चलान गरिएका लिम्बूको मुद्दा विचाराधीन छ । आफूविरुद्धको मुद्दाको टुंगो लाग्न नपाउँदै उनको भने मृत्यु भएको छ । जेलर ढुंगेलका अनुसार सास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएपछि मंगलबार राति ८ बजेतिर विराटनगरको कोशी अस्पताल भएको थियो ।

उपचारकै क्रममा बुधबार बिहान १० बजेतिर लिम्बूको मृत्यु भएको जानकारी उनले दिए । शव कोशी अस्पतालमै रहेको र आफन्तलाई खबर भइरहेको ढुंगेलले बताए । उनका अनुसार लिम्बूलाई स्वास्थ्य सम्बन्धी पुरानै समस्या थियो ।

साउनयता कारागारमा राखिएका ६ जना कैदीबन्दीको मृत्यु भइसकेको छ । यसअघि गत कात्तिक २५ गते मिक्लाजुङ गाउँपालिका घर भएका ४२ वर्षीय ज्ञानबहादुर राईको पनि मृत्यु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।