नेकपा एमालेले गठन गर्न लागेको नेशनल भोलन्टियर फोर्सको संयोजकका रूपमा पुष्पराज श्रेष्ठले सम्हाल्ने

काठमाडौ । नेकपा एमालेले गठन गर्न लागेको नेशनल भोलन्टियर फोर्सको संयोजकका रूपमा युवा संघका पूर्वउपाध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य पुष्पराज श्रेष्ठलाई अगाडि सारिने भएको छ।

युवा संघका प्रवक्ता निरोज पौडेलका अनुसार मंसिर ५ गते माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने विशेष कार्यक्रममा यो भोलन्टियर फोर्सको औपचारिक घोषणा गरिनेछ। सो सभामा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुने जानकारी उनले दिएका छन्।

भोलन्टियर फोर्स निर्माण प्रक्रियाको तयारी एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले करिब १५ दिनअघि गुण्डुमा गरेको भेलाबाट सुरु भएको हो। त्यस भेलाबाट पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरियो, जसले विधान, लोगो, झन्डा, संरचना, उद्देश्य तथा आगामी कार्यक्रमहरूको प्रारूप तयार पारेको छ।

फोर्सको नेतृत्व सम्हाल्न लागेका पुष्पराज श्रेष्ठ महेश बस्नेतका निकट मानिन्छन्। एमालेभित्रको स्रोतले बताएअनुसार गुण्डु क्षेत्रमा ओली र बस्नेतको सुरक्षासम्बन्धी गतिविधिमा दैनिक सयौँ युवाहरू परिचालन गर्ने जिम्मेवारी पनि श्रेष्ठकै हातमा छ।

यो नयाँ फोर्स थपिएपछि नेकपा एमालेका कुल जनसंगठनहरूको संख्या २४ पुग्नेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।