संखुवासभामा जेन्जी युनाइटेड मुभमेन्टले आज बृहत् र्याली गर्ने
संखुवासभा । देश पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ‘युनाइटेड’ अभियान सञ्चालन भइरहेको मुभमेन्टले जनाएको छ।
मुभमेन्टले आगामी मंसिर ४ गते बिहिबार खाँदबारी स्थित टुंडिखेल बजारमा बिहान ११ बजेबाट विशाल र्याली र कोणसभा गरिने भएको मंगलबार गरिएका पत्रकार सम्मेलनमा कार्यक्रमलाई आकर्षक बनाउन स्थानीय कलाकारहरूको देशभक्तिपूर्ण गीत, नृत्य र नाटकसमेत प्रस्तुत गरिने जनाइएको छ।
मुभमेन्टले संखुवासभा जिल्लास्थित जेन्जी मित्र, जेनवाई, जेनएक्स अग्रजहरू, अभिभावक तथा सबै नागरिकलाई उत्साहपूर्वक सहभागी भई आन्दोलनलाई उपलब्धिमूलक बनाउन हार्दिक अपिल गरेको छ।


