बसको ठक्करबाट एक जनाको मृत्यु
काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बसको ठक्करबाट घाइते सोही ठाउँका ६५ वर्षीय तीनधारे माइला भनिने दिलबहादुर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो ।


