राष्ट्रिय जेसीजको वक्तृत्वकला प्रतियोगितामा बेलबारीकी दीक्षा प्रथम

विराटनगर । विराटनगरमा जारी १४ औं राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विराटनगर जुनियर जेसीजको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न जेसीजका शाखाहरुको सहभागिता रहेको थियो । ‘उज्ज्वल भविष्यका लागि सँगै उठौं’ शीर्षकमा आयोजित प्रतियोगितामा मोरङको बेलबारी जुनियर जेसीजकी दीक्षा कार्की प्रथम भएकी छन् । अग्रज साहित्यकार विवश पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदित र कवि देवेश प्रधान सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।

प्रतियोगितामा भद्रपुर जुनियर जेसीजका आर्यन कोइराला द्वितीय र विराटनगर जुनियर जेसीजकी संयुक्ता पोखरेल तृतीय भए । विभिन्न शाखाबाट प्रतिनिधित्व गर्दै युवाहरुले प्रतियोगितामा भाग लिएका थिए ।
त्यस्तै लिडर्स एकेडेमीअन्तर्गत नेतृत्व विकास र भातृत्व अभिवृद्धिसम्बन्धी प्रशिक्षणका साथै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको कार्यक्रम संयोजक प्रशिका निरौलाले जानकारी दिइन् । विराटनगर जुनियर जेसीजका संस्थापक तथा पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ प्रमुख प्रशिक्षक रहेको तालिममा सन्दीपदास श्रेष्ठ, कैलाश खाकी श्रेष्ठ, डा. विजया मिश्रले प्रशिक्षण दिएका थिए ।

नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापाको विशेष उपस्थितिमा भएको कार्यक्रममा मेचीदेखि महाकालीसम्मका विभिन्न शाखाबाट १ सय ३२ जनाले सहभागिता थिए ।

यसैबीच, सोही कार्यक्रममा विराटनगर जुनियर जेसीजको ३० औं वार्षिकोत्सवसमेत मनाइएको थियो । विराटनगर जुनियर जेसीजकी अध्यक्ष आयुषा खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖