बिर्तामोडका पूर्वमेयर शिवाकोटी एमालेबाट निष्काषित
झापा । नेकपा एमाले कोशी प्रदेश कमिटीले बिर्तामोडका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।
प्रदेश कमिटी सचिव राजकुमार भण्डारीका अनुसार शिवाकोटीमाथि आफ्नै घरमा काम गर्ने नाबालिकामाथि बलात्कार गरेको आरोप लागेपछि कडा कारबाही गरिएको हो।
उनी हाल धरौटीमा रिहा छन् र मुद्दा अदालतमा विचाराधीन छ। हिरासतमा बस्नुपर्ने अवस्थामा अस्पतालमा बसेको र त्यसमा पार्टीले संरक्षण गरेको आरोप पनि लाग्दै आएको छ।


